काठमाडौँ। साताको छैटौं कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बिहीबार ९८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।