काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संघीय सरकारमा सहभागी हुन तयार भएको छ । आफ्ना माग सम्बोधन भए संघीय सरकारमा सहभागी हुने र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन लोसपा तयार भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गरेको लोसपालाई सरकारमा सहभागी हुन र आगामी निर्वाचनका लागि गठबन्धनमा सहभागी हुन देउवाले आग्रह गर्दै आएका छन् ।
जसपा कार्यकारिणी समिति बैठकमा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूले उठाउँदै आएको माग सम्बोधन गर्न सरकार सकारात्मक भएको अवस्थामा सरकारमा सहभागी हुने जानकारी गराएका छन् ।
सरकारमा सहभागी हुन र चुनावी तालमेलका लागि गठबन्धनमा सहभागी हुन प्रधानमन्त्रीले आग्रह गरेको जानकारी गराउँदै ठाकुर र महतोले आफूहरूको माग सम्बोधन भए सोहीअनुसार अगाडि बढ्नुपर्ने हुन सक्ने बताए । यो समाचार राजधानी दैनिकमा छ ।