काठमाडौं । लुम्बिनी प्रदेशको रुकुमपूर्वमा दोस्रो भुमे खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने भएको छ । युवा विकास केन्द्र ९थ्म्ऋ० भुमे गाउँपालिकाको आयोजना र रुकुमपूर्व जिल्ला बुद्धिचाल संघको सह आयोजनामा हुने प्रतियोगिता आगामी सञ्चालन हुनेछ ।
ग्रामिण क्षेत्रमा खेलकुद र पर्यटनको विकासका लागि बौद्धिक खेल बुद्धिचाल प्रतियोगिताको आयोजना गरिएको आयोजना गरिएको रुकुम पूर्व बुद्धिचाल संघका अध्यक्ष बबिदेवल पुनले जानकारी दिए । प्रतियोगितामा विभिन्न जिल्ला, नगरपालिका, र गाउँपालिबाट खेलाडीहरु सहभागि हुने छन् । नयाँ खेलाडीहरुले रेटिङ प्राप्त गर्ने अवसर पाउने छन् । रेटेड खेलाडीहरुलाई आप्mनो रेटिङ बढाउने अवसर समेत रहेको छ ।
यो प्रतियोगिता आगामी २०७९ बैशाख ११ गते देखि १३ गते सम्म भुमे गाउँपालिकाको खाबाङ बगर, रुकुम पूर्वमा सञ्चालन हुने भएको छ । प्रतियोगितामा च्याम्पियन, जुनियर च्याम्पियन, भेट्रान, उत्कृष्ट महिला र विद्यार्थी आदि विधामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिता स्विस लिग पद्धतिको आधारमा सात राउन्ड पछि समापन हुनेछ । प्रतियोगिताको कुल पुरस्कार राशी रु ७१,००० हजार रहेको छ । जस अन्तरगत प्रथम हुनेले रु १५,००० हजार, र कप, मेडल र प्रमाणपत्र, द्धितीयले रु १०,००० हजार र कप, मेडल र प्रमाणपत्र र तृतीयले रु ७,००० हजार कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
चौथो स्थानदेखि सातौं स्थानसम्मका खेलाडीले क्रमशः रु ६,०००, रु ५,०००, रु ४,०००, रु ३,००० मेडल र प्रमाणपत्र प्राप्त गने छन् । उत्कृष्ट महिलाले रु ५,०००, भेट्रानले रु ४,०००, जुनियर च्याम्पियन रु २,०००, विद्यार्थी प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्नेले क्रमश रु ५,०००, रु ३,००० र रु २,००० मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पहिलो भुमे खुल्ला बुद्धिचाल प्रतियोगिता भुमे गाउँपालिका वडा नं. ९ चुनबाङको गैरीगाउँमा समपन्न भएको थियो ।