काठमाडौं । कालिका सामुदायिक वन उपभोक्ता समूहले टेन्डरमार्फत गोलिया काठ लिलाम गरी विद्यालयलाई शैक्षिक अनुदान दिएको रकम हिनामिना गरेको आरोपमा अख्तियारले उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
२०७१ साल कात्तिक १८ गते कालिका निम्न माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयलाई अनुदान ऋण उपलब्ध गराउँदै आइरहेको भनिएका आरएस समिलका प्रोप्राइटर रमेश थापालाई बदनियतपूर्वक विद्यालय÷सार्वजनिक संस्थाको सम्पत्ति उपलव्ध गराई आर्थिक अपचलन गरेको अभियोग लगाइएको थियो ।
थापासहित ६ जनाको विषयमा अनुसन्धान गर्दा शैक्षिक अनुदानमा हिनामिना गरेको भेटिएपछि मुद्दा दर्ता भएको हो ।
अख्तियारले ८ लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐनको दफा ३ (१) खण्ड (ङ) बमोजिम सजाय हुन मागदाबी गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।