काठमाडौँ। सुनचाँदीको मूल्य ओरालो लाग्ने क्रम जारी छ। साताको कारोबारको चौंथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुनको भाउ ९८ हजार ८ सय रुपैयाँमा झरेको छ भने तेजावी सुन ९८ हजार ३ सय रुपैयाँमा झरेको छ।
यस्तै बुधबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले घटेको छ। चाँदी आज प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
यसअघि मंगलबार पनि सुन र चाँदीको मूल्य घटेको थियो।