काठमाडौं । नेकपा (एमाले)ले सरकार र निर्वाचन आयोगको भूमिकाप्रति आपत्ति जनाएको छ ।
एमालेले निष्पक्ष निर्वाचन गराउनुपर्ने संवैधानिक दायित्व बोकेको निर्वाचन आयोग र सरकारको भूमिका अनुचित रहेको भन्दै आपत्ति जनाएको हो ।
एमालेको आइतबार बसेको कमिटी बैठकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले चुनाव चिन्हमा हरियो रङ राख्नु आपत्तिजनक विषय भएको जिकिर गर्दै राजनीतिक दलहरूसँग परामर्श नगरी एउटा दललाई फाइदाका गरिएको आरोप लगाए ।
निर्वाचन आयोगले विगतमा पनि एमालेप्रति भेदभाव गरेको भन्दै उनले आयोगको निर्णय आपत्तिजनक रहेको बताए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।