काठमाडौँ। देशभर थप २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ७८० जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १५ जना र १ हजार ४४२ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ जनामा गरी जम्मा २३ जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ४४५ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ सय १५ जना संक्रमितहरु निको भएका छन्, भने सोही अवधिमा कुनै पनि संक्रमितको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।