• मंसिर ८ २०८१, शनिबार

रातारात गाडी भाडा बढाउने तयारी सरकार

चैत्र १३ २०७८, आईतवार

काठमाडौं । सरकारले लामो दूरीको सार्वजनिक सवारीमा भाडा समायोजन गर्ने तयारी गरेको छ ।

स्वचालित रूपमा भाडा समायोजन हुने गरी यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सिफारिस गरेको हो ।

इन्धनको मूल्यमा वृद्धि हुँदा सवारी भाडा पनि बढ्ने र इन्धनको मूल्य घट्दा भाडा पनि घट्ने गरी स्वचालित भाडादर लागू गर्न विभागको प्रस्ताव छ ।

यसअनुसार इन्धनको मूल्यमा ५ रुपैयाँ तलमाथि हुनासाथ सार्वजनिक यातायातको भाडादरमा परिवर्तन हुने छ ।

विभागले वैज्ञानिक भाडादर लागू गर्न समायोजन अध्ययन प्राविधिक समितिले तयार पारेको प्रतिवेदन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाएको छ ।

विभागले तयार गरेको प्रस्तावमा हालको अवस्थामा करिब ११ देखि १६ प्रतिशत सम्म भाडा समायोजन (वृद्धि) गर्न सिफारिस गरिएको छ ।

सरोकारवाला निकायसँगको छलफलबाट यस्तो प्रस्ताव गरिएको विभागले जनाएको छ । यो समाचार कारोबार दैनिकमा छ ।