• मंसिर १२ २०८१, बुधबार

हिन्दु राष्ट्र कामय हुनुपर्नेमा वक्ताहरुको जोड

चैत्र १२ २०७८, शनिबार

कपिलवस्तु । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान कपिलवस्तुले प्रबुद्ध नागरिक गोष्ठी तथा साहित्य परिचय कार्यक्रम सम्पन्न गरेको छ ।

हरी शर्मा आचार्यको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथिमा पूर्वप्रधान न्यायाधीश गोपाल पराजुली, विशिष्ट अतिथि पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल, तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक कल्याणकुमार तिम्सिना लगायत उपस्थित थिए ।

साथै सो अवसरमा सहसंयोजक डा.विनय पाण्डे, वासुदेव चौधरीपनि उपस्थित थिएभने कार्यक्रमको संचालक भानु चतुर्वेदीले गरेका थिए ।

सो अवसरमा समाजका विशिष्ट प्रबुद्ध व्यतित्वहरुको उपस्थितिमा जागरण अभियानको लागि प्रकाशित पुस्तक, स्टिकर तथा फोल्डरको पूणर् परिचय गराइनुका साथै विमोचन कार्यक्रम पनि गरियो । कार्यक्रम कपिलवस्तुस्थित गौतम बुद्ध होटलको प्राङ्गणमा सम्पन्न भएको हो ।

गोष्ठीमा अभियानद्वारा अहिलेसम्म प्रकाशित साहित्यबारे जानकारी गराउँदै इतिहास, संस्कृति, परम्परा र जनसङ्ख्याको आधारमा नेपाल स्वयमसिद्ध रुपमा हिन्दू राष्ट्र नै रहेकोले अब समाजले यसलाई आफ्नो दायित्वको रुपमा स्वीकार गरोस् भन्ने आग्रह समेत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले षडयन्त्रका कारण हिन्दू राष्ट्र नेपालको पहिचानलाई मेटाएर धर्म निरपेक्ष संविधान लेखिएको भए पनि ऐतिहासिक, साँस्कृतिक, धार्मिक रुपमा नेपाल हिन्दु राष्ट्र नै रहेकोमा जोड दिइयो ।

हिन्दु राष्ट्रको चिन्तन आम जनताको नसामा रहेको कारण विश्वभर बसोबास गर्ने हिन्दु समाजले नेपाललाई हिन्दु राष्ट्रको रुपमा नै चिन्छ ।
नेपालको संविधानमा रहेको हिन्दु राष्ट्रको पहिचानलाई सुनियोजित षडयन्त्रका आधारमा समाप्त गरी नेपालको मौलिक आत्मामाथि प्रहार भएको भन्दै कार्यक्रमका प्रमुख वक्ताहरुले आक्रोश पोखे ।

देशमा जबर्जस्ती धर्मनिरपेक्षता थोपरिए पछि धर्म परिवर्तनको प्रकृया तिव्र गतिमा चलिरहेकोले समयमै सचेत र सजग भएर मात्र नभई आफ्नो पहिचान जोगाउन आ-आफ्नो तहमा संघर्ष गर्न तयार हुनुपर्ने वक्ताहरुले बताए ।

गत भदौ ३ गतेदेखि पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालको संयोजकत्वमा यो अभियान सुरु भएको हो ।