• आश्विन १३ २०८१, आईतवार

पाएल्स रोग के हो ? यसको उपचार कसरी गर्ने ?

चैत्र ११ २०७८, शुक्रबार

खानपिनको कारणले पछिल्लो समयमा पायल्सबाट पीडित हुनेहरू बढिरहेका छन् । पायल्स भनेको दिसामा रगत जानु हो । जुन अवस्थामा दुख्ने भन्ने हुँदैन । दिसा गरिसकेपछि रगत जानुलाई हामी पायल्स भन्छौं । रगत जाँदा दुख्छ भने त्यो पायल्स होइन । दिसा गर्दा दुख्छ तर रगत जाँदा दुख्दैन । पाल्स थुप्रै कारणले हुन्छ । मुख्य कारण कब्जियत हो ।

महिलाहरूलाई र्गावस्थामा पनि पायल्स हुन्छ । गर्भवती भएको बेला नसाहरू थिचिन्छ जसले गर्दा कब्जियत हुन्छ । त्यसपछि मलद्वारको नसा फुटेर रगत पनि जान्छ ।

पायल्सको उपचार :

यसको उपचारका लागि सबैभन्दा पहिला रोगको अवस्था हेर्नुपर्छ । पायल्स दुई किसिमको हुन्छ । मलद्वारको भित्री भागमा भयो भने त्यसलाई इन्टरनल हेमोराइट्स भनिन्छ । बाहिरी भागमा नसा पलाएको छ भने त्यो एक्स्टर्नल हेमोराइट्स हो, जुन छालाले ढाकिएको हुन्छ । रगत गइरह्यो भयो भने ‘इमर्जेन्सी’ अप्रेसन गर्नुपर्छ । नशामा जाम भयो भने बिरामीलाई दुखाइ बढी हुन्छ, अप्रेसन नगरी हुन्न ।

लापरबाही गरे के हुन्छ ?

लापरबाही गर्यो भने जटिलता आउन सक्छ । रगत बढी जाने भएकाले रक्तअल्पताको खतरा हुन्छ । कहिलेकाहिँ संक्रमण समेत हुन्छ । मासुको डल्लो बाहिरको बाहिरै रह्यो भने त्यहाँ घाउ हुन्छ भने नशामा रगतसमेत जम्छ । यसले क्यान्सर भने गराउँदैन ।

के खाने र के नखाने ?

धेरैजसो पायल्समा अप्रेसन गर्नु पर्दैन । यसको मुख्य कारण कब्जियत हो । त्यसैले दिसा साह्रो हुनबाट जोगाउनु पर्छ । मासु लगायतका धेरै प्रोटिन हुने खानेकुरा, पिरो, चिल्लो र मसलाले पनि कब्जियत गराउँछ । हरियो तरकारी, सागपात र बढी झोल खाने हो भने कब्जियत हुँदैन ।

आयुर्वेदिक उपचार
पायल्सका लागि हामी पनि आयुर्वेदिक दबाइ सिफारिस गर्छौं । कब्जियत कसरी ठीक हुन्छ भनेर यो औषधी प्रयोग गरिन्छ । गाउँघरमा प्रयोग हुन इसबगोलले कब्जियत हुन दिँदैन । त्यो पद्दति जसले प्रयोग गरे पनि कब्जियत नै हटाउने हो ।
अप्रेसन गरे पनि पायल्स दोहोरिन सक्छ । अप्रेसन गर्दा जुन नसा सुन्निएको हुन्छ त्यसलाई बाँधेर निकाल्ने हो तर कब्जियत भइरह्यो भने फेरि दोहोरिन सक्छ । ५र६ वर्षसम्म हुँदैन तर खानामा ध्यान दिइएन भने फेरि दोहोरिन सक्छ ।

उपचारः

पाइल्सको उपचार गर्नु भन्दा पहिलो रोगको कारणहरूको विस्तृत जानकारी हुन जरुरी छ । यसका साथै रोगको प्रकार, स्तर, जटिलता र अन्य समस्याहरूको बारेमा पनि जानकारी हुन जरुरी छ । रोगको स्तर थाहा पाइसकेपछि अलग अलग श्रेणीका लागि उपयुक्त चिकित्सा विधि अपनाउनु पर्ने हुन्छ ।

अधिकांश पाएल्सबाट छुटकारा पाउनको लागि कब्जियतबाट छुटकरा पाउनै पर्छ । अन्यकारणले भएको पाइल्स भए पनि पेटको सरसफाईमा विशेष ध्यान दिनु पर्ने हुन्छ । यसका लागि मलत्यागलाई सामान्य तथा नियमित गराउन अत्यन्त आवश्यक छ । पाएल्स हुन नदिन र भएकाहरूलाई ठिक गर्न जीवनशैली परिवर्तन एउटा उपयुक्त आयम हो । जीवनशैली परिवर्तन भनेको भोजन, व्यायम, विश्राम, विचार र व्यवहारलाई स्वास्थ्य मैत्री हुने गरी ठिक ठिक समायोजन गर्नु हो ।

१) भोजन व्यवस्थाः

पाएल्स भएकाहरूले तारे, भुटेको, अमिलो, पिरो, माछा, मासु, अण्डा, ध्यू, पनिर, मख्खन, र मैदाबाट बनेका वस्तुहरूको पहरेज गर्नुपर्दछ । नुन, खुर्सानी ज्यादा हालेको, बोटल तथा बट्टाबद्ध खाद्यान्नहरू जंगफूड तथा कार्बोनेटेड ड्रिङ्क्स (पेप्सी, कोक, मिरिन्डा) आदि अजिनामोटो र अन्य हानिकारक रसायनहरू हालेको खानेकुरा खानु हुँदैन ।
२) विहानको नास्तामा फलफुल लिने बानी बसाल्नु पर्छ । रातीको खानामा अन्नको सहभागिता नगराएको राम्रो हो । पाएल्स एक्टिभ र रक्तश्रावी छ भने सकभर अन्न नखाएर फलफूल र तरकारी मात्र सेवन गर्नु पर्छ । सकिन्छ भने केही दिन उपवास गरौं ।

३) मौसम अनुसारको फलफूलहरू जस्तौ मौसम, सुन्तला, नास्पाती, खरबुजा, काँक्रो, आँप, सरिफा, बेल, बेलौती, मेवा, अंगुरित, मुङ्ग, चना, मेथी र भिजाएको छोकडालाई ताजादहिसँग मिसाएर खानाले कब्जीयत कम हुन गई पाइल्समा पनि फाइदा पुर्याउँछ ।

४) ठोस भोजन दिनको एक पटक मात्र भएको राम्रो हो । बिहानको भोजनमा रातो चामल, सामा, मकै, बजराको भात अथवा गहुँको दलिया, गहुँ, मकै, फापरको रोटी, काउली, बन्दा, लौका, तोरईको सब्जी विशेष समायोजन होस् । मास र खेसरी बाहेक बोक्रैसमेत पकाएको दालले पनि कब्जीयत तथा पाएल्सलाई राम्रो गर्दछ । बेलुकाको भोजनमा अन्नको सहभागिता नभएको राम्रो हो । सब्जी तथा तरकारीको सुप वा दुईसय पचास ग्राम उमालेको सब्जीसँग ताजा मोहीमात्र खाँदा पाएल्समा राम्रो हुन्छ ।

५) गाई, बाख्रा, उट वा घोडाको दूध विहान नास्तापछि र सुत्नु भन्दा अगाडि सेवन गर्नु फाइदाकारक छ । भैँसीको दूध तथा दूग्ध परिकार पाएल्सका लागि राम्रो होइन ।

६) केरा, स्याउ, अंगुर, लिची जस्ता फलहरूले कब्जियत तथा पाएल््समा राम्रो गर्दैन । आलु, पिंडालु, तरुल, सुठोनी, भण्टा, चुकन्दर, ओल, सिमलतरुल, राजमा, सेतो चना, मास, भटमास जस्ता कन्दमुल तथा दहलनहरूको प्रयोग नितान्त बरजित छ ।

प्राकृतिक उपचारः

१) पाइल्स रोगलाई ठिक गर्नका लागि आद्राहरूमा कुपित भएर बसेको मललाई निकाल्न नितान्त आवश्यक छ । यसका लागि बिरामीलाई ३ देखि ७ दिनसम्मको थैरापिटिक उपवासमा राख्नु पर्दछ । उपवासका फलफूलको जुस, मह तथा कागती पानी आदि प्रसस्त दिनु पर्दछ । उपवास गरी सके पछि १०,१५ दिन सम्म फलाहार वा साग सब्जी मात्र सेवन गराउनु पर्छ ।

२) बिहान बेलुका २,३ वटा भिजाएको अंजीर खाने र भिजाउन प्रयोज गरेको पानी पिउनाले यो रोगमा फाइदा पुग्दछ ।

३) त्रिफला चुणर्, इसकगोलको झुसी, पंचसकार चूणर् जस्ता औषधि राती सुत्ने बेलामा एक एक चम्चा दूध वा तातो पानीसँग खानाले कब्जीयतमा राम्रो गर्दछ ।

४) केही दिन सम्म सख्खरमा बेलको गुदी मिलाएर खादा पनि पाएल्स ठिक हुन मद्दत गर्छ ।
५) रक्तश्राव भइरहेको अवस्था छ भने वरफले गुदा मालिस गर्नु पर्छ ।

६) रक्तश्राव नभएको अवस्थामा भने तातो कटी स्नान (ठूलो खड्कुलो, बाटा अथवा ताउलोमा सहन सक्ने तातो पानी हालेर २० मिनेट जति बस्ने) उपचार लिनुपर्छ ।

७) मल त्याग पश्चात गुदालाई राम्ररी धोई तातोपानीले सक्ने गर्नु पर्छ । आन्तरिक घाउहरुमा एण्टी सेप्टिक क्रिम या क्षारीय मलहम लगाउनुपर्छ । मासुका गिर्खा बाहिरै आएको खण्डमा ग्लिसरिन र एप्सम साल्ट मिसाएर लेप बनाई लगाएर पट्टी बाँधिदिनु पर्छ ।

८) भेस्लिनसँग कपुर मिलाएर मासुको गिर्खा गिर्खामा लगाए पनि यो रोगमा फाइदा पुर्याउँछ

९) रक्तश्राव नभएको खण्डमा साधा पानीको एनीमा लिनुपर्छ । तत्पश्चात कटिस्नान वा मेहनस्नान गर्नु पर्छ । दिनको दुई पल्ट माटोको पेडूपट्टी लगाउनाले पनि यो रोग निको हुन सहयोग गर्छ ।