काठमाडौं । साताको पाँचौं कारोबार दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रतितोला ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ११ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।