काठमाडौँ । संसारबाट कोरोना भाइरस महामारीको त्रास हट्दै गएको जस्तो देखिएको छ । कोरोना महामारी हट्न लागेसँगै अब संसार पुरानै लयमा फर्किन लागेको हो कि भन्ने लागेको छ । विभिन्न देशहरुले यो महामारीबाट बच्नका लागि लगाएका विभिन्न प्रकारका प्रतिबन्धहरु कसैले पूणर्रुपमा खुल्ला गरिसकेका छन् भने कसैले खुल्ला गर्दैछन् । संसारका मानिसहरुमा अब आफ्नो चाहेको गन्तव्यमा पुग्न कुनै बाधा अवरोधहरु सिर्जना हुंदैन कि भन्ने विश्वास समेत पलाउन थालेको छ ।
मानिसहरुको आर्थिक जीवन सक्रिय हुँदै जाँदा पर्यटकीय गतिविधिहरु पनि देखिन लागेका छन् । यसै सेरोफेरोमा नेपालबाट पर्यटकहरुको एउटा समूहले सिक्किम र दार्जिलिङको भ्रमण गरेको छ । नेपाली भाषा, कला र साहित्यले बाँधिएका अहिले भारतमा पर्ने सिक्किम र दार्जिलिङमा जाँदा कोहि पनि नेपालीलाई नौलो भने नलाग्ने रहेछ। पर्टकीय क्षेत्रमा मानिसहरुलाई आकर्षित गर्नका लागि हामीले सो यात्राको क्रममा लिइएका सिक्किम र दार्जिलिङका विभिन्न स्थानहरुका तस्वीहरु प्रकाशन गरेका छौं ।