एजेन्सी । हिजो सोमबार चीनमा दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स र यात्रुको आज पनि खोजी जारी छ ।
दुर्घटनाको २४ घण्टा बितिसक्दा पनि जहाजमा रहेका यात्रु र चालक दलका सदस्यको शव पनि फेला परेको छैन ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार दुर्घटनापछि जहाज र वरपरको जंगलमा आगलागी भएकाले सबै जना जलेको हुन सक्ने अनुमान गरिएको छ ।
ब्ल्याक बक्स खोज्नका लागि ड्रोनसमेत परिचालन गरिएको छ । ब्ल्याक बक्स भेटिए जहाज के कारणले दुर्घटनामा परेको थियो भन्ने कारण पत्ता लगाउन सजिलो हुन्छ ।