• असार १८ २०८१, सोमबार

निर्मल पुर्जाले पाए चारवटा हिमालका प्रमाणपत्र (तस्वीरहरु)

चैत्र ८ २०७८, मंगलवार

काठमाडौँ । किर्तिमानी हिमाल आरोही निर्मल पुर्जा ‘निम्स दाई’लाई गिनिज बुक अफ वरल्ड रेकर्डले प्रमाणपत्र प्रदान गरेको छ । हिमाल आरोहणमा साहसी आरोहीको रुपमा चर्चित पुर्जालाई हिमाल आरोहण सम्बन्धी चारवटा किर्तिमानको लागि गिनिज बुकले प्रमाण पत्र प्रदान गरेको हो । सोमबार गिनिज बुकले पुर्जालाई प्रमाण पत्र दिएको तस्विर सार्वजनिक गर्दै चारवटा किर्तिमानको लागि उनलाई प्रमाण पत्र प्रदान गरेको बताएको छ । किर्तिमानी आरोही पुर्जालाई किर्तिमानको प्रमाण पत्र प्रदान गर्न पाउँदा खुसी लागेको गिनिज बुकले जनाएको छ ।

Nirmal Purja
पुर्जालाई गिनिज बुकको केन्द्रिय कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा प्रमाण पत्र प्रदान गरिएको हो । पुर्जालाई आजसम्मकै सबैभन्दा छिटो संसार भरका आठ हजार मिटर अग्ला हिमाल आरोहण (१८९ दिनमा सम्पन्न) गरेको प्रमाणपत्र, सबैभन्दा छिटो आठ हजार मिटर अग्ला पाँचवटा हिमाल आरोहन (७० दिनमै सम्पन्न) गरेको, बोतल अक्सिजनको साथमा आठ हजार मिटर अग्लो हिमाल सबैभन्दा छिटो आरोहण (७० दिनमै सम्पन्न) गरेको र पाँच दिनमै आठ हजार भन्दा अग्ला तीनवटा हिमाल आरोहन गरेको सहित चारवटा किर्तिमान कायम गरेको प्रमाण पत्र प्रदान गरिएको छ

आरोही पुर्जा सन् २०१९ मे २३ का दिन सगरमाथाको चुचुरोमा पुगेका थिए, जहाँ सो दिन अरु ३५३ जना आरोही पनि त्यही पुगेका थिए । आजसम्मको इतिहासमा त्यतिधेरै आरोही सगरमाथाको चुचुरोमा पुगेको त्यो तस्विर पुर्जाले नै खिचेर सार्वजनिक गर्दा भाइरल भएको थियो ।

तस्वीर सौजन्य/ गिनिज बुक