• मंसिर १२ २०८१, बुधबार

‘क्रिप्टो करेन्सीको’ प्रचार गरेको भन्दै नायिका प्रियंका कार्कीमाथि सीआईबीको अनुसन्धान

चैत्र ६ २०७८, आईतवार

काठमाडौँ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले नायिका प्रियंका कार्कीमाथि अनुसन्धान थालेको छ। डिजिटल मुद्रा ‘क्रिप्टो करेन्सी’को अवैध कारोबारको प्रचार गरेको आरोपमा उनीमाथि (सीआईबी)ले अनुसन्धान सुरु गरेको हो ।

समाजिक सञ्जालहरूमा क्रिप्टो करेन्सीमा लगानी गर्न उक्साउने खालको पोष्ट देखिएपछि अनुसन्धानका कार्कीलाई सोधपुछको लागि बोलाइएको सीआईबीले जनाएको छ।

नेपाल राष्ट्रबैंकले क्रिप्टो करेन्सी गैरकानुनी रहेको त्यस्तो कारोबार गरेमा कानुनी कारबाही हुने चेतावनी दिएको छ।