काठमाडौँ । भर्खरै गरिएको एउटा अध्ययनले सुत्ने कोठामा स्मार्टफोन चार्ज गर्दा मोटोपना बढ्ने निष्कर्ष निकालेको छ । सो अध्ययनले सुने कोठामा मोबाइल फोन चार्ज गर्दा मधुमेहको रोग पनि लाग्ने सक्ने निष्कर्ष निकालेको छ ।
बेलायतका वैज्ञानिकहरूले तयार पारेको सो रिपोर्टमा अँध्यारोमा सुत्दा शरीरमा मेलाटोनिन उत्पादन हुने र यसले मानव शरीरमा मेटाबोलिजम बढाएर राम्रो निन्द्रा लाग्न मद्दत गर्ने उल्लेख गरेको छ ।
तर यदि तपाईंले पनि सुत्ने कोठामा मोबाइल फोन वा ट्याब्लेट चार्ज गर्नुहुन्छ भने यसले शरीरमा मेलाटोनिनको स्रावलाई असर गर्ने र यसको परिणाम स्वरुप मेटाबोलिजम असन्तुलन हुँदा मोटोपना र मधुमेह जस्ता लक्षण देखापर्ने बताइएको छ ।
स्ट्यान्डबाइ अवस्थामा मोबाइल फोनको इलेक्ट्रोम्याग्नेटिक रेडियसन भ्यालु (मोबाइलमा भएको विद्युतीय चुम्बकले पैदा गर्ने विकिरणको मानक) २.३ मिलिगस हुने अध्ययनले दाबी गरेको छ, जुन भ्यालु मोबाइल चार्जको अवस्थामा हुँदा बढेर ३.४ मिलिगस हुन्छ ।
साथै ५ सेन्टिमिटर, १० सेन्टिमिटर र १५ सेन्टिमिटरको दूरीमा रहेको मोबाइल फोनको इलेक्ट्रोम्याग्नेटिक रेडियसन भ्यालु विद्युत चुम्बकीय विकिरण मानहरू क्रमशः १, ०.५ र ०.३ मिलिगस हुने गर्छ ।
यसको अर्थ मोबाइल फोनको रेडियसन भ्यालु फरक समयमा फरक-फरक हुन्छ । मोबाइल नचलाउँदा र मोबाइल चलेको अवस्थामा यसको रेडियसन भ्यालु फरक हुन्छ । अर्थात् तपाईं मोबाइल फोनबाट जति टाढा हुनुहुन्छ यसको इलेक्ट्रोम्याग्नेटिक रेडियनको असर त्यति नै कम हुन्छ ।
त्यसैले, अनुसन्धानकर्ताहरूले सुत्ने बेलामा आफ्नो मोबाइल फोन बन्द गर्न सुझाव दिएका छन् । यदि तपाईं यो गर्न सक्नुहुन्न भने आफ्नो मोबाइल फोन सुत्ने कोठामा चार्ज गर्दा आफू उक्त कोठामा नबस्नुहोस् ।
जब स्मार्टफोन चार्जमा हुन्छ, यसले थोरै मात्रामा भएपनि इलेक्ट्रोम्याग्नेटीक रेडियसन उत्पन्न गर्दछ । यदि तपाईँ कुनै डिभाइस प्रयोग गरिरहनुभएको छैन भने पनि उक्त डिभाइसले रेडियन उत्पन्न गरिरहेकै हुन्छ ।
यसबाहेक, तपाईंले सुत्नुअघि अन्य डिभाइसहरू पनि अनप्लग गर्नु उपयुक्त हुनेछ ।