एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज शुक्रवार छलफल भएको छ ।
उनीहरूले भिडियो छलफल गरेको दुवै पक्षका अधिकारीले जनाएका छन्। छलफलका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनलाई चिनियाँ राष्ट्रपति सीले रुस–यूक्रेन युद्धलाई चिन्ताको विषयका रुपमा लिएको छलफलमा बताए ।
राष्ट्रपति सिले अन्तरराष्ट्रिय चासो, शान्ति तथा सुरक्षाको विषय चीन र अमेरिकाको अन्तर्राष्ट्रिय जिम्मेवारी पनि भएको बताएका थियो।
अमेरिका–चीन सम्बन्धलाई थप सुमधुर बनाउन पनि अहिलेको कुराकानी सहयोगी भएको दुवै पक्षले जनाएका छन्।