• मंसिर १३ २०८१, बिहीबार

एडिबीका प्रतिनिधिलाई सीबीफीनले नेपाली ढाका टोपी लगाइ दिएर गरे स्वागत

चैत्र ४ २०७८, शुक्रबार

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल(सीबीफीन)ले एशियाली विकास बैंक (एडिबी) का प्रतिनिधिलाई नेपाली ढाका टोपी लगाइ दिएर स्वागत गरेको छ ।

नेपालका बैंक तथा वित्तीय सस्थाको साझा संस्थाको रूपमा रहेको परिसङ्घका अध्यक्ष पवनकुमार गोल्यानले एडीबीका उपमहानिर्देशक मनमोहन परकाशलाई ढाका टोपी लगाइदिएर स्वागत गरे।

बैंकका प्रतिनिधिमण्डलले नेपालको पहिचानका रूपमा रहेको ढाका टोपी लगाउन पाउँदा प्रसन्नता व्यक्त गरेका थिए । नेपाली व्यवसायीको न्यानो स्वागत पाएर एडिबी टोलीले समेत खुसी व्यक्त गरे । नेपाल भ्रमणमा रहेको बैंकका प्रतिनिधिसँग परिसङ्घले छलफल गर्ने कार्यक्रम तय भएको थियो । सोही क्रममा आज होटल हायात प्यालेसमा भेटवार्ताको प्रबन्ध गरिएको थियो।