• फाल्गुन २६ २०८२, मंगलवार

युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्न आग्रह

चैत्र ४ २०७८, शुक्रबार

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई नोबेल शान्ति पुरस्कार प्रदान गर्न आग्रह गरिएको छ ।

नोबेल शान्ति पुरस्कार दिइने व्यक्तिको नाम यसै वर्षको अक्टोबर ३ देखि १० सम्म सार्वजनिक हुने बताइएको छ ।  युरोपका पूर्व एवम् वर्तमान राजनीतिक नेताहरुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गर्न नर्वेको नोबेल शान्ति समितिसमक्ष आग्रह गरेका छन् ।

मार्च ११ मिति राखेर जारी गरिएको विज्ञप्तिमा सो आग्रह गरिएको उल्लेख छ ।