• मंसिर १२ २०८१, बुधबार

नेपाल यूएईसँग ४८ रनले पराजित

चैत्र ४ २०७८, शुक्रबार

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को युएईमा जारी त्रिदेशीय शृंखलामा नेपाल घरेलु टोलीसँग ४८ रनले पराजित भएको छ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको युएईले ४६.३ ओभरमा सबै विकेट गुमाएर १६८ रन बनाएको थियो । १६९ रनको लक्ष्य पाछ्याएको नेपालले ३५.१ ओभरमा सबै विकेट गुमाएर १२० रनमात्र बनाउन सक्यो ।

यस प्रतियोगितामा नेपालको यो पाँचौं हार हो । नेपाल यसअघि पनि २२ फेब्रुअरीमा सम्पन्न आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल क्वालिफायरमा पनि युएईसँग ६८ रनले पराजित भएको थियो ।