• मंसिर १२ २०८१, बुधबार

मधेसमा आज होली मनाइँदै

चैत्र ४ २०७८, शुक्रबार

आपसी सद्भाव र सामाजिक एकताको सन्देश बोकेको तथा रङ्ग र अबिरको पर्व होली तराई–मधेसमा आज हर्षोल्लासपूर्वक मनाइँदैछ ।
काठमाडौं उपत्यकासहित देशका हिमाली र पहाडी क्षेत्रमा बिहीबार नै होली मनाएको थियो । हिमाली र पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेसमा होली मनाउने गरिन्छ । सद्भाव, सौन्दर्य र रशरङ्गको रङ्गीन पर्वसमेत मानिएको होली एक प्राचीन पर्व हो । तराईमा पनि होली पर्व एकआपसमा रङ्गअबिर लगाएर र शुभकामना साटासाट गरेर मनाइन्छ ।

तर, जनकपुरमा भने शनिबार मात्र होली मनाइने भएको छ ।