काठमाडौं । काँग्रेस पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले स्थानीय तहको निर्वाचनमा आधारभूत तहका नागरिकका चाहनालाई सम्बोधन गरेर घोषणापत्र निर्माण गर्ने बताए ।
उनले काँग्रेसका केन्द्रीय प्रतिनिधि, जिल्ला र वडा नेतृत्वले हिमाल, पहाड, तराई, मधेसका सबै पालिकामा सुझाव सङ्कलन गरिरहेको बताए । उनका अनुसार जनताका सुझाव लिन प्रत्यक्ष संवाद भइरहेको छ ।
विशेषतः नागरिक पङ्क्तिबाट शिक्षा र स्वास्थ्यकै विषयमा धेरै सुझाव आएका छन् । उनले भने, “गाउँका सरकारी विद्यालयमा गुणस्तरीय शिक्षाको पहुँच छैन । स्वास्थ्य संस्थामा दरबन्दी अनुसारका चिकित्सक र स्वास्थ्यकर्मी छैनन्, त्यसको व्यवस्था हुनुुपर्छ ।” यो समाचार गोरखापत्र दैनिकमा छ ।