काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले
कुनै पनि हालतमा संस्कृति मासिन दिनु नहुने बताएका छन् ।
फागु पूर्णिमा (होली पर्व) का अवसरमा बिहीवार ज्यापु समाज यल ललितपुरले आयोजना गरेको संस्कृतिक कार्यक्रममा मन्त्री आलेले
कला, संस्कृति भनेको देश चिनाउने गहना भएकाले यसको संरक्षण गर्न आवश्यक रहेको बताउदै मासिन दिन नहुने बताए ।
नेपाल कला र संस्कृतिको धनी भएकाले पर्यटक भित्र्याउन तथा पर्यटन प्रवद्र्धनका लागि आफ्नो मौलिक कला, संस्कृतिलाई जोगाएर राख्नुपर्ने उनले बताए । कला, संस्कृति विना मान्छेको जीवन अधुरो हुने उल्लेख गर्दै मन्त्री आलेले यसको जगेर्ना र संरक्षणका लागि युवा पुस्ता अघि बढ्नुपर्ने धारणा राखे ।