• फाल्गुन २३ २०८२, शनिबार

कक्षा १२ को परीक्षा आगामी जेठ १८ देखि गर्ने तयारी

चैत्र ३ २०७८, बिहीबार

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षा आगामी जेठ १८ गतेदेखि सञ्चालन गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले १८ गतेदेखि सञ्चालन गर्ने छलफल भएको तर आधिकारिक निर्णय नभएको जानकारी दिए।

शुक्रबार बोर्डको बैठक बस्ने तयारी भएको उनले बताए। उनका अनुसार भोलिको बोर्ड बैठकले परीक्षा समयबारे निर्णय गर्ने छ। अहिले भने छलफल मात्रै भएको उनले बताए।

आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी परीक्षा समय तोक्ने बोर्डको योजना छ।