• फाल्गुन २६ २०८२, मंगलवार

जापानमा ७.३ रेक्टर स्केलको भूकम्प, दुईको मृत्यु, ९२ जना घाइते

चैत्र ३ २०७८, बिहीबार

जापानमा गएको भूकम्पमा परी २ जनाको ज्यान गएको छ भने अरू ९२ जना घाइते भएका छन् ।उत्तर पूर्वी जापानमा गएको सो भूकम्प ७.३ रेक्टर स्केलको रहेको बताइएको छ । बुधबारको सो भूकम्पबाट भएको अरू क्षतिको विवरण सङ्कलन भइरहेको बताइएको छ ।

बुधवार रातिको सो भूकम्पका कारण धेरै नागरिक त्रसित भएका बताइएको छ । बिहीबार बिहान ६.३० बजे प्राप्त समाचारमा सो भूकम्पबाट कम्तीमा २ जनाको ज्यान गएको र अरू ९२ जना घाइते भएका बताइएको छ ।उत्तर पूर्वी जापानका मियागी र फुकुसिमा प्रिफेक्चर सो भूकम्पबाट प्रभावित भएका थिए । जापानको अग्नि तथा प्रकोप व्यवस्थापन विभागका अनुसार सो भूकम्प ७.४ रेक्टर स्केलको रहेको बताइएको छ ।

राति ११.३६ को समयमा भूकम्पको महसुश गरिएको थियो । फुकुसिमा र मियागी प्रान्तमा भूकम्पले बढी हल्लाएको बताइएको छ ।भूकम्प लगत्तै सुनामीको चेतावनी दिइएको थियो । तर पछि सुनामीले असर भने नगरेको उद्धारमा खटेका अधिकारीहरूले जनाएका छन् ।

यी दुई प्रिफेक्चरका समुद्रमा एक मिटरसरम्म माथि आएको मापन गरिएको थियो । पछि सो तह घटेकाले सुनामीको खतरा टरेको थियो ।