• मंसिर २० २०८१, बिहीबार

क्या भनी भोट माग्न आउँदा बडाहजुर ?

चैत्र ३ २०७८, बिहीबार

मेरी चेली
कात्रो नपाइ च्यान गइ
मेरी चेलीकी कात्रो दिंदा भनी
भोट माग्न आउँदा की ?
एकादेशको चुनाव जस्तो
बाख्राले जो बाघ चुनेनी
बाख्रा खाने चुनाव ?
चुनाव आयो-चुनाव आयो भनी
तमी भोट माग्न आउँदा भन्यो कि ?
तमी क्या भनी भोट माग्न आउँदा बडाहजुर ?
तमले मेरो चुन्या छानो
नचुन्या बनाया भनी
भोट माग्न आउँदा की ?
तमीले मेरो चिसो चुलो
तातो बनाया भनी
भोट माग्न आउँदा की ?
जरा आया
सिटामोल दिया भनी
भोट माग्न आउँदा कि ?
तमी क्या भनी भोट माग्न आउँदा बडाहजुर ?
मेरी चेली
कात्रो नपाइ च्यान गइ
अब मेरी चेलीकी
कात्रो दिंदा भनी भोट माग्न आउँदा कि ?
तमी क्या भनी भोट माग्न आउँदा बडाहजुर ?
आमा !
सेतो पटुको ल्याउला भन्ने चेलो
रातो बाकस भै आयो
एइ मुटुमा ब्रज पड्यो
मुटुभरी घाउ छ
घाउ पड्याका मुटुमा
नुनखुर्सानी छर्कंदो भनी भोट माग्न आउँदा कि ?
तमी क्या भनी भोट आउँदा बडाहजुर ?
मुइ जसी
भूइकलीका चेला
दिनदिनै
रातो बाकस भै
देश आउँदा
तमी रातो बाकस उच्चाइ
भोट माग्न आउँदा कि ?
तमी क्या भनी भोट माग्न आउँदा बडाहजुर ?
गंगा बेच्या
साँध-सिमाना बेच्या
चेलीचेलाकी घेराहाली कुट्या
मुन्टा फुटाया
गोली दाग्या
देशको सत्वो बेच्या
अब देश बेच्याको
एमसीसीको सीसी बोकी
भोट माग्न आउँदा कि ?
तमी क्या भनी भोट माग्न आउँदा बडाहजुर
बडाहजुर !
तमकी भोट दिंदा-दिंदा
तमी सगर भया
देश बगर भया !
बडाहजुर !
अब हामकी
नहर हुनु छैन
नदी हुनु छ
नदी आफ्नो बाटो आफै खोज्दो ।
बडाहजुर नदी नजिस्काइसेला
नदी सागर हुँदै
सुनामी हुन्छ !

(निभा शाहको फेसबुकबाट, शिर्षक हामीले दिएका हौं ।)