काठमाडौँ। साताको कारोबारको चौंथो दिन बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा १२ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी बुधबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।