• असार १८ २०८१, सोमबार

हेर्नुहोस्, रुकुमका यी युवाले २१ वर्षमै ३ वटा विश्व रेकर्ड कायम गरे !

फाल्गुन २९ २०७८, आईतवार

रुकुम। रुकुम पश्चिमका एक युवाले तीन पटक विश्व रेकर्ड कायम गरेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका-११ का २१ वर्षीय मानसिङ ओली (प्रभास) ले तीन पटक विश्व रेकर्ड कायम गरेका हुन्।

मानसिङले १२ सय ग्रामको गिनिज बुक अफ वल्ड रेकर्ड पुस्तक लगातार ३ घण्टा ४० मिनेट ३ सेकेण्ड सम्म औँलामा घुमाएर विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र प्राप्त गरेका छन्।

विश्व कीर्तिमानी मानसिङले गत मार्च महिनामा ब्यालेन्स ग्रुप अप कम्पनी र अर्डर नाउले आयोजना गरेको एक कार्यक्रममा लगातार उक्त अवधिसम्म गिनिज बुक अप वर्ल्ड रेकर्डकाे पुस्तक औँलामा घुमाएपछि गत बुधवारउनले विजेताको प्रमाणपत्र पाएका हुन्। उनलाई अर्डर नाउका प्रमुख विजय प्रसाईँले विश्व रेकर्ड कायम गरेको प्रमाणपत्र उपलब्ध गराएका हुन्।

प्रभासले यस बाहेक अन्य दुई ओटा रेकर्ड समेत यसअघि नै कायम गरेकाे बताए । उनले गत असोज ४ मा काठमाडौँमा आयोजित एक कार्यक्रममा सबैभन्दा लामो समय औँलामा प्लेट घुमाएर विश्व रेकर्ड कायम गरेका थिए। उनले ४ घण्टा ४ मिनेट ४४ सेकेण्डमा उक्त रेकर्ड कायम गरेका हुन्।

त्यसैगरी उनले गिनिज बुक अफ वर्ड रेकर्डको पुस्तक सबैभन्दा बढी पटक फन्को लगाएर पनि रेकर्ड कायम गरेका छन्। । उक्त पुस्तक एक मिनेटमा सबैभन्दा बढी ३ सय १५ पटक घुमाएर विश्व रेकर्ड बनाइएको हो।

उक्त दुइ ओटामा रेकर्ड कायम गराएको र प्रमाणपत्र आउने प्रक्रियामा रहेको प्रभासले जानकारी दिए ।