काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। शुक्रबार १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला एक लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।