• मंसिर ९ २०८१, आईतवार

‘पिर’ विवाद : बाबुरामले गरे सपुतको समर्थन

फाल्गुन २९ २०७८, आईतवार

काठमाडौं । जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले गायक प्रकाश सपुतप्रति समर्थन जनाएका छन् । उनको नयाँ गीत ‘पिर’ विवादमा तानिएपछि भट्टराईले गायकको समर्थन गरेका हुन् ।

जनयुद्धमा सहभागी जनमुक्ति सेनाले पाएको दुःखमा आधारित रहेर तयार पारिएको उक्त गीतको म्युजिक भिडियोप्रति माओवादी वृत्त खनिएका छन् । केहीले उक्त भिडियो हटाउन चेतावनीसमेत दिएका छन् ।

गीतको विवादबारे भट्टराई भन्छन्, ‘म पनि जनयुद्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु त्यसमा आपत्ति मान्नुपर्ने कुरा छैन । गीतले जनयुद्धको विरोध गरेको छैन । अपूर्ण क्रान्तिका पीडा दर्साएको छ । त्यसनिम्ति क्रान्तिलाई नयाँ ढङ्गले अगाडि बढाउने पो हो । गीतका सर्जकलाई किन धम्काउने ?’

नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चेतावनी नै दिएकी छिन् । उनले सार्वजनिकरुपमा माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर नबस्ने बताएकी छिन् ।