• बैशाख ९ २०८२, मंगलवार

प्रतितोला ६ सय रुपैयाँले बढ्यो सुनको भाउ

फाल्गुन २७ २०७८, शुक्रबार

काठमाडौं । साताको छैटौं कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बिहीबार प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार तोलामा ६ सयले बढेर एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँ कायम भएको छ।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।