• मंसिर ९ २०८१, आईतवार

आयल निगमको कार्यकारी निर्देशकमा थानी नियुक्त

फाल्गुन २७ २०७८, शुक्रबार

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा उमेशप्रसाद थानी नियुक्त भएका छन् । सुर्खेतका स्थायी बासिन्दा थानीलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले थानीलाई निगमको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कार्यकारी निर्देशक छनोट समितिले थानीसहित गोरखाका चण्डिकाप्रसाद भट्ट र तेह्रथुमका जीवनप्रकाश सिटौलाको नाम कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।

तीमध्ये मन्त्रिपरिषद बैठकले थानीलाई नियुक्त गर्ने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बतायो ।

थानी यसअघि नेपाल विद्युत् प्राधिकरण सञ्चालक समिति सदस्य र इन्जिनियरिङ परिषदका रजिस्ट्रार थिए । उनी नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संगठन सिडेनका अध्यक्षसमेत हुन् ।