• मंसिर १३ २०८१, बिहीबार

जापानद्वारा नेपाललाई २ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुदान सहयोग

फाल्गुन २६ २०७८, बिहीबार

काठमाडौं । जापान सरकारले नेपाललाई २ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुदान सहयोग उपलब्ध गराएको छ ।

अर्थ मन्त्रालयका अनुसार अनुदान आदान–प्रदान पत्रमा आज बिहीबार हस्ताक्षर भएको छ । पत्रमा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानका राजदूत किकुता युटाकाले हस्ताक्षर गरेका छन् ।

जापानले उपलब्ध गराउने यो अनुदान रकम विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयनमा खर्च हुने मन्त्रालयले जनाएको छ ।