काठमाडौं । सरकारले देशैभर १५ वर्षमुनिका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा यसअघि नै टाइफाइडविरुद्धको खोप दिँदै आए पनि यस पटक अभियानकै रूपमा चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म एकै चरणमा देशैभर टाइफाइडविरुद्धको खोप सञ्चालन गर्न लागिएको हो ।
स्वास्थ्य मन्त्रालयले खोपका लागि स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि अन्य प्राविधिक तयारी भइरहेको जनाएको छ ।