काठमाडौँ। साताको कारोबारको पाँचौँ दिन बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।
बुधबार प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ३५ सयले घटेर एक लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यसैगरी बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ४५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।