काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अहोरात्र खटिन लुम्बिनी विकास कोषका पदाधिकारीहरुलाई निर्देशन दिएका छन् ।
लुम्बिनी विकास कोषले आज मन्त्रालयमा आयोजना गरेको कोषका नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रममा मन्त्री आलेले लुम्बिनी विकास कोष र समग्र लुम्बिनी क्षेत्रको विकासका लागि खटिन कोषका पदाधिकारीहरुलाई निर्देशन दिएका हुन् । उनले भने, “तपाईंहरुको पाँचवर्षे कार्यकाल छ, आफ्नो कार्यकालभित्र लुम्बिनी क्षेत्रको विकास गर्नुस् ।”
मन्त्री आलेले आउँदै गरेको बुद्ध जयन्तीलाई भव्य तथा सभ्य रुपमा सफल पार्नका लागि एकजुट भएर लाग्न सबै पदाधिकारी र कर्मचारीहरुलाई निर्देशन दिए ।