• असार १८ २०८१, सोमबार

युक्रेनबाट १२ सय किलोमिटर हिडेर कहाँ पुगे ११ वर्षीय बालक ?

फाल्गुन २५ २०७८, बुधबार

काठमाडौँ। रुस-युक्रेन जारी युद्धमा हजारौं मानिसहरु घरबार बिहिन भएका छन्। युद्धबाट प्रसारण गरिएका भिडियो दृश्यहरुमा यस्तो विभत्स दृश्यहरु समेत देख्न सकिन्छ कि कोमल हृदय भएका मानिसले त त्यस्तो भिडियो र दृश्य हेर्न समेत सक्दैनन्। लाखौँ मानिसहरु शरणार्थी बनेका छन्। छिमेकी देशहरुमा गएर युक्रेनका सर्वसाधारण नागरिकहरु शरणार्थी जीवन विताइरहेका छन्।

सम्भवत जो कोहि युक्रेनी सर्वसाधारण नागरिकहरु युद्धबाट सुरक्षित हुन चाहन्छन। सुरक्षित हुने उपाएहरुमध्ये उनीहरुले देश छोड्नुलाई प्रमुख उपाएको रुपमा लिएका छन्। यसैबीच आफ्नो देशमा युद्ध चर्किदै जादा युक्रेनका एक ११ वर्षीय बालक १२ सय किलोमिटर हिडेर युक्रेनबाट छिमेकी देश स्लोभाकिया पुगेका छन्।

हसन नाम गरेका ११ वर्षीय बालक युक्रेनको जापोरिज्यास्थित घरमा आफ्नी आमा र हजुर आमालाई छोडेर १२ सय किलोमिटर एक्लै हिडेर स्लोभाकिया पुगेका हुन्। ती बालक अहिले संसार भरिका समाचारहरुमा छाइरहेका छन्। उनका अरु आफन्त पहिल्यै देश छोडेर स्लोभाकिया पुगिसकेको बताइएको छ। उनकी वयोवृद्ध हजुरआमाले घर छाड्न सक्ने अवस्था नहुँदा बालक हसनकि आमाले आफ्नी आमालाई एक्लै घरमा छोडेर आफ्नो छोरासँग जान सकिनन्। उनले आफ्ना बालक छोरालाई रेलमा चढाइदिइन् र हसन युक्रेन र स्लोभाकियाको सीमा क्षेत्रमा पुगे।

सीमाक्षेत्रमा पुगेका ती बालकलाई भन्सार अधिकारीहरुले सीमापार गर्न सहयोग गरे। ती ११ वर्षीय बालक एउटा प्लाष्टिकको झोला र एउटा सानो पछाडी भिर्ने झोलामा आफ्नो राहदानी राखेर देशको सीमामा पुगेका थिए। बालकको हातमा उनकी आमाले स्लोभाकियामा रहेका आफ्ना आफन्तहरुको नम्बर लेखिदिएकि थिइन्। सीमामा पुगेका बालकलाई स्वयंसेवकहरुले खाना र पानी दिए अनि स्लोभाकियामा रहेका उनका आफन्तसंग सम्पर्क गराइ दिए।

हसनकि आमा जुलिया पिसेक्काले एक भिडियोमा आँखामा आँशु टिलपिल पार्दै भनेकी छिन, ‘ मेरो शहर नजिकै उर्जा केन्द्र छ, त्यहाँ रुसी सेनाहरुले बम हानिरहेका छन्। मेरी आम आफैं हिड्न सक्दिनन् त्यसैले म उनलाई छाडेर जान सक्दिन, त्यसकारण बालक छोरालाई एक्लै स्लोभाकिया पठाए।’ बाटोमा आफ्नो बालक छोराको ख्याल राखेकोमा उनले सबैलाई उनले धन्यवाद दिएकि छिन। ज्यापोरिज्यास्थित परमाणु उर्जा केन्द्र युरोपकै सबैभन्दा ठुलो परमाणु उर्जा केन्द्र हो।

एक तथ्याङ अनुसार रुसले युक्रेनमा हमला गरेपछि युक्रेनबाट २० लाख भन्दा बढी सर्वसाधारण मानिस विस्थापित भएका छन्। ती मध्ये १२ लाख मात्रै पोल्याण्ड पुगेका छन भने १ लाख ४० हजार भन्दा बढी स्लोभाकिया पुगेका छन्। स्लोभाकियाका आन्तरिक मन्त्रालयका एक अधिकारीले बालक हसनले आफ्नो मुस्कान, निडरता र दृढताबाट दुइदेशको सीमानामा सबैको मन जितेको बताए।