काठमाडौँ। नेपाली बजारमा बुधबार सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ। सुनको भाउ प्रतितोला २५ सय रुपैयाँले बढेको हो ।
यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला १ लाख ५ हजार रुपैयाँ पुगेको छ।
बुधबार चाँदीको भाउ पनि प्रतितोला ४० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।