• मंसिर ९ २०८१, आईतवार

रुससितको लडाइँ अन्तिमसम्म लड्छौं : जेलेन्स्की

फाल्गुन २५ २०७८, बुधबार

काठमाडौं । रुसको आक्रमणको सामना गरिरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुस विरुद्धको लडाइँ नछोड्ने बताएका छन् ।

बेलायतको संसद हाउस अफ कमन्सलाई सम्बोधन गर्दै जेलेन्स्कीले युद्ध अन्त्य नहुने बेलासम्म युक्रेन रुसविरुद्ध लडिरहने प्रतिबद्धता जनाए ।

‘हामीले आत्मसमर्पण गर्दैनौं । हाम्रो भूमिका लागि निरन्तर लडिरहनेछौं’ भिडियो सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले भने ।

रुसविरुद्धको लडाइँमा आफूहरु जंगल, मैदान, समुद्री किनार र सडकबाटसमेत लड्न तयार रहेको उनले बताए । जेलेन्स्कीले सम्बोधन गर्नुअघि बेलायतले सन् २०२२ को अन्त्यसम्म रुसी तेलको आयात नगर्ने बताएको थियो ।