• मंसिर १२ २०८१, बुधबार

झापा गोल्ड कप: सङ्कटा क्लब सेमिफाइनलमा प्रवेश

फाल्गुन २४ २०७८, मंगलवार

काठमाडाैं  । झापाको बिर्तामोडमा जारी नेपाल आइस पाँचौँ झापा गोल्ड कपको आजको खेलमा थ्रीस्टार क्लबलाई पराजित गर्दै काठमाडौंको सङ्कटा क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

डोमालाल राजवंशी रङ्गशालामा आज सम्पन्न खेलमा थ्रीस्टार क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै सङ्कटाले सेमिफाइनल यात्रा तय गरेको हो । आजको खेलको प्लेयर अफ द म्याच सङ्कटाका गोलरक्षक रोहित कार्की घोषित भएका छन् । उनले नगद रु नौ हजार ९९९ पाएका छन् ।