• मंसिर १३ २०८१, बिहीबार

राष्ट्र बैंकले भोलिदेखि एक रुपैयाँको नयाँ सिक्का प्रचलनमा ल्याउने

फाल्गुन २४ २०७८, मंगलवार

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलिदेखि एक रुपैयाँको सिक्का प्रचलनमा ल्याउने भएको छ ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले पुरानै आकार तथा सुनौलो रङमा टकमरी गरिएको २०७७ साल लेखिएको एक रुपैयाँको सिक्का भोलिदेखि बजारमा ल्याउने भएको हो । सिक्कामा सातै प्रदेश र चुच्चे नक्शासहितको नेपालको नक्शा रहेको छ ।

सिक्काको माथिल्लो भागमा अंग्रेजीमा रि वान र तल्लो भागमा देवनागरीलिपिमा १ रुपैयाँ लेखिएको हुनेछ । सिक्काको पृष्ठ भागमा वर्गाकार आकृतिलाई वरिपरि चन्द्र,सुर्य,चक्र, संख, पद्य,गदा तथा बिचमा सगरमाथाको आकृति र सो आकृतिको मुनी अंग्रेजीमा सगरमाथा नेपाल लेखिएको हुनेछ ।

यसैगरी, नेपालको नक्सा दायाँतर्फ फरक क्षमता भएकाहरुले स्पर्श गरी सिक्काको दर पहिचान गर्नका लागि मोटो थोप्लो रहनेछ ।