• मंसिर १२ २०८१, बुधबार

तामाङले मनाए तिर पर्व

फाल्गुन २३ २०७८, सोमबार

काठमाडौं । रसुवाको उत्तरी भेगका तामाङ समुदायले तिर पर्व मनाएका छन् । आइतबार जिल्लाको उत्तरी भेगका तामाङ समुदायले हर्षोउल्लासका साथ तिर पर्व मनाएका हुन् ।

नयाँ वर्ष ग्याल्बो ल्होसारको तेस्रो दिन जिल्लाको उत्तरी भेग बृद्धिम, टिमुरे, लाङटाङ लगायतका स्थानमा तिर पर्व मनाइन्छ । गोसाइकुण्ड गाउँपालिका ३ लिङलिङका स्थानीय कैसाङ तामाङ भन्छन्, ‘तामाङ संस्कृतिको भेषभुषा पहिरनमा गत वर्षजस्तै यो वर्ष पनि तिर हानेर पर्व मनाएको छ ।’

वर्षौदेखिको संस्कृति लोप हुन नदिन हरेक वर्ष सबै भेला भई यो पर्व मनाउने गरिएको उनले बताए । यो पर्वमा गाँउका युवाहरुले नाँचगान गर्छन् । तिर हान्ने प्रतियोगिता नै आयोजना गरिन्छ । तिर हान्ने प्रतियोगितामा विजेतालाई पुरस्कृत प्रचलन पनि रहेको छ ।

आपसी मेलमिलाप र सदभावको विकास गर्दै गाँउमा प्राकृतिक प्रकोप, रोगब्याधी र अनिकाल नपरोस् भनी गाँउका सबैजना भेला भई पुजाआजा गरी यो पर्व मनाउने गरिएको छ ।