काठमाडौँ। साताको कारोबारको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ पुगेको छ।
यस्तै तेजावी सुनको भाउ पनि १ लाख २ हजार ५ सय रुपैयाँ पुगेको छ।
यसैगरी सोमबार चाँदीको भाउ पनि बढेको छ। आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।