काठमाडौँ। नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा कटौती गरेको छ । आइतबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले सुन आयातमा आधा कटौती गर्दै दैनिक कोटा १० किलो तोकेको हो । यस अघि इजाजत प्राप्त वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न पाउँथे ।
रेमिट्यान्स घट्ने र आयात बढ्ने कारणले विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि सुनको आयातका कडाइ गरिएको राष्ट्र बैंकको दाबी छ।