• फाल्गुन २६ २०८२, मंगलवार

मारिओपोलमा गोलाबारीपछि रुसको एकतर्फी युद्धबिराम भंग

फाल्गुन २२ २०७८, आईतवार

रुसी सेनाले घेराबन्दी गरेको युक्रेनी सहर मारिओपोलमा तीव्र गोलाबारी भएको विवरणहरु सार्वजनिक भएसँगै त्यहाँ गरिएको यद्ध विराम भंग भएको छ । यसअघि मानवीय सहायताका लागि भन्दै रुसी सेनाले सो सहरमा अस्थायी युद्धबिराम घोषणा गरेको थियो ।

रुसी सेनाको गोलाबारीका कारण सर्बसाधारणलाई मारिओपोलबाट बाहिर लैजाने कार्य स्थगित गरिएको युक्रेनी अधिकारीहरुले बताएका छन् । रुसी सेनाले बमबारी र गोलाबारी तीव्र पारेको मारिओपोलका मेयर भदयाम बोयचेन्कोले बताएका छन् ।

बोयचेन्कोका अनुसार आवासीय ब्लकहरुमा निरन्तर गोलाबारी जारी छ, आवासीय क्षेत्रमा विमानले बमहरु खसालिरहेका छन् ।