काठमाडौं । संघ र स्थानीय तहमा मात्र सहकार्य गरिरहेका विकास साझेदार निकायलाई प्रदेशमा पनि सहकार्य गर्न आग्रह गरिएको छ ।
तीन तहका सरकारमध्ये प्रदेश सरकारसँग सहकार्य नहुँदा विकास निर्माणमा डुब्लिकेशन हुन सक्ने भन्दै विकास साझेदार दातृनिकायका प्रतिनिधिलाई सहकार्य गर्न आग्रह गरिएको जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले बताए ।
मन्त्रालयमा सबै प्रदेशका विकास साझेदार एनजीओ, आइएनजीओलाई बोलाएर छलफल गर्दै सहकार्य गरेर अगाडि बढ्न आग्रह गरिएको मन्त्री सिंहले बताए । आफूले उठाएको कुरामा विकास साझेदार निकायका प्रतिनिधिहरू समेत सहमत भएको उनले बताए ।
खानेपानी, सरसफाइ, ढल विकास तथा अन्य आफ्नो मन्त्रालयसँग सरोकार राख्ने सबै निकायलाई सहकार्य गरी काम गर्न आग्रह गरिएको छ ।