काठमाडौँ। रुसले आक्रमण गरेर युक्रेनमाथि युद्ध भइरहेको आज दशौँ दिन, युद्धको दशौँ दिन केहि मानवीय सहायताको लागि भनेर रुसले युद्ध विराम गरेको बताएको छ। यससंगै रुस युक्रेन युद्धमा युद्ध विराम भएको छ। लगातार रुसको आम्रमणमा परेको युक्रेनमा क्षतविक्षत भएर नागरिकहरु आक्रान्त भएका विभिन्न समाचारहरु प्रसारण भइरहेको समयमा सो युद्धमा विराम भएको समाचारले युद्धमा आहत भएका युक्रेनी नगारिकहरुले थोरै भएपनि केहि राहत महसुश गरेको हुनुपर्छ।
रुसी समाचार संस्था तासले जनाए अनुसार रुसी रक्षा मन्त्रालयले आज अंग्रेजी मिति अनुसार मार्च ५ तारिकका दिन रुसको राजधानी मस्कोको समय अनुसार बिहान दश बजे युद्ध विराम घोषणा गरिएको छ। आंशिक रुपमा गरिएको यस युद्ध विराममा मानविय सहायताका लागि करिडोरहरु खुला गरिने छन्। समाचारहरुका अनुसार युक्रेनका मरिपोल र भोल्नोभाखाका स्थानिय बासिन्दाहरुलाई ती शहरबाट बाहिर निस्कनको लागि करिडोरहरु खुला गरिनेछ।
युद्धरत रुस र युक्रेन दुवै देशका अधिकारीहरुको बीचमा भएको दोस्रो चरणको वार्तामा मानवीय सहायताका लागि करिडोर खुला गरिनेबारे सहमति भएको थियो। मरिपोल नगरका मेयरका अनुसार युद्ध विरामको समयमा ती शहरबाट दश देखि बीस लाख नागरिकहरु बाहिर निस्कने छन्।
उता युक्रेनमा आक्रमण गरेको रुसले आफ्ना सेनाहरुले नागरिकहरु बसोबास गर्ने युक्रेनी शहरहरुलाई आक्रमण नगरिएको बताएको छ। रुस युक्रेन युद्धको यो दश दिनमा करिव १० लाख मानिसहरुले युक्रेन छाडिसकेका छन भने राजधानी किएभ लगायत अन्य शहरहरु खार्किएभ, सुमी, मरिपोल, चेर्निगोभ र भोल्नोभाखा लगायतका शहरहरु बढी प्राभावित भएका छन।
यसैबीच युक्रेनलाई रुसले आक्रमण गर्दा पश्चिमा देशहरुले आफूलाई सहयोग नगरेको भनेर युक्रेन पश्चिमा देशहरुसंग रुष्ट भएको छ। हवाई जहाज चढेर आफ्नो देश आइहाल्न अमेरिकाले गरेको आग्रहलाई ठाडै अस्विकार गरेका युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्किले आफू मरे आफनो देशमा मर्ने तर युद्धमा भागेर विदेश पलाएन नहुने बताएका थिए।
हालै आएर युक्रेनका राष्ट्रपति, उपराष्ट्रपति र त्यहाँका मन्त्रिहरुले अमेरिका र युरोप लगायत उत्तर एटलाण्टिक सन्धी संगठन (नेटो) लाई युक्रेनलाई कुनै सहयोग नगरेको भनेर आरोप लगाएका छन्। युरोपेली युनियनले रुस विरुद्ध लडन आफ्नो देशलाई कुनै सहयोग नगरेको प्रति रुष्ट हुँदै युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्किले युक्रेन नरहे पुरै युरोप नै नरहने धारणा व्यक्त गरेका छन्।
युद्धको समयमा युक्रेनको आकासलाई उडानविहिन बनाउने ‘नो फ्लाइट जोन’ घोषणा गर्दा लागु नगरेको भनेर पनि राष्ट्रपति जेलेन्स्किले युरोपलाई अमानविय भएको आरोप लगाएका छन्। त्यस्तै युक्रेनकि उपराष्ट्रपति ओल्हा स्टेफानिसियानाले पनि अमेरिका र युरोप सहित पुरै नेटो संगठन युक्रेनका जनता मार्ने षडयन्त्रमा रहेको बताएकी छिन।
युक्रेनको आकासलाई ‘नो फ्लाई जोन’ लागु गर्न अस्विकार गरेर युक्रेनका निर्दोस नागरिकहरुको मृत्युका लागि नेटो पनि जिम्मेवार भएको उनले बताएकी हुन्। बीबीसीसंग कुराकानी गर्दै उपराष्ट्रपति ओल्हा स्टेफानिसियानाले युक्रेनको आकासलाई नो फ्लाई जोनको निर्णय नगर्दा सर्वसाधारण र बालबालिकाहरुको ज्यान जानेछ भन्ने थाहा पाउदा पाउदै यसलाई लागु नगर्नु अमानविय कार्य भएको बताइन्। उनले भएकी छिन, ‘रुसका हात मात्रै युक्रेनी नागरिकका रगतले रंगिएका छैनन्, यस्तो कार्यका लागि आंशिक जिम्मेवार नेटो, अमेरिका र युरोप पनि रहेका छन्।’ ऊपर उपराष्ट्र्रपतिले बम सेल्टरबाट अन्तरवार्ता दिंदै यस्तो बताएकी छिन।