• मंसिर १३ २०८१, बिहीबार

आन्तरिक हवाई उडानको भाडा बढ्यो

फाल्गुन २१ २०७८, शनिबार

काठमाडौँ। नेपाल वायुसेवा संचालक संघले आन्तरिक हवाई उडानको भाडा वृद्धि गरेको छ । भोलि (आइतबार)देखि लागू हुने गरी संघले आन्तरिक तर्फको हवाई भाडा वृद्धि गरेको हो ।

संघले आन्तरिक उडानतर्फ ९० रुपैयाँदेखि ५४० रुपैयाँसम्म भाडा वृद्धि गरेको छ । आइतबारदेखि लागू हुने गरी तोकिएको भाडाअनुसार सबैभन्दा बढी विराटनगर–नेपालगञ्ज रुटमा भाडा वृद्धि भएको छ ।

त्यस्तै विराटनगर–नेपालगञ्ज रुटमा ५४० रुपैयाँले भाडा वृद्धि गरिएको छ भने सबैभन्दा कम काठमाडौ–सिमराको ९० रुपैयाँले भाडा वृद्धि भएको बढेको छ ।

यसैगरी , काठमाडौं–धनगढीको ४४५ रुपैयाँ, काठमाण्डौ–भद्रपुर ३०० रुपैयाँ, काठमाण्डौ–सुर्खेत ३४५ र काठमाण्डौ–नेपालगञ्जको ३३० रुपैयाँले भाडा वृद्धि गरिएको छ ।

गत बिहीबार नेपाल आयल निगमले पेट्रोलियम पदार्थ पेट्रोल–डिजेल र मट्टीतेलसँगै हवाई इन्धनको समेत मूल्यवृद्धि गरेपछि हवाई उडान कम्पनीहरुले पनि भाडा वृद्धि गर्न बाध्य भएका हुन् ।

हेरौं कुनरुटको भाडा कति: