• फाल्गुन २६ २०८२, मंगलवार

मानवीय सहायताका लागि रुसले गर्यो दुई सहरमा युद्धविरामको घोषणा

फाल्गुन २१ २०७८, शनिबार

काठमाडौँ। युक्रेनमाथि आक्रमण गरेको दशौँ दिन रुसले दुई सहरमा युद्धविराम घोषणा गरेको छ । मानवीय सहायताका लागि भन्दै रुसले शनिबार युद्धविराम घोषणा गरेको हो ।

बिहान १० बजे युद्धविराम घोषणा गरिएको र मरिपोल र भोल्नोखोभाका बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुला गरिएको
रुसी समाचार संस्था तासले जनाएको छ।

दुवै देशका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायतका लागि करिडोर खुला गरिने सहमति भएको थियो ।

रुसी रक्षा मन्त्रालयले रुसी सेनाले युक्रेनी सहरहरूलाई निसानामा नराखेको पनि दाबी गरेको छ । साथै उसले सर्वसाधारणलाई कुनै पनि खतरा नभएको दाबी गर्दै केवल सैन्य संरचनामा मात्रै आक्रमण गरिएको बताएको छ ।

यद्यपि युक्रेनको तर्फबाट भने यसविषयमा कुनै प्रतिक्रिया आएको छैन।