• मंसिर ९ २०८१, आईतवार

रुस-युक्रेन युद्धको असर : रुसले लगायो ट्वीटर र युटुबमा प्रतिबन्ध

फाल्गुन २१ २०७८, शनिबार

काठमाडौं । अमेरिकाको पक्षमा ढल्किएर छिमेकी रुस विरुद्ध लडिरहेको युक्रेन विरुद्ध सैन्य कारवाही गरिरहेको रुसले फेसबुकपछि ट्वीटर र युट्युबमा पनि प्रतिबन्ध लगाएको छ । ट्वीटर र युट्ब अमेरिकी उत्पादन हुन् ।

युक्रेनसितको लडाइँमा अमेरिकाले युक्रेनलाई सहयोग गरिरहेका कारण रुसले ती सामाजिक सञ्जालहरुमा प्रतिबन्ध लगाएको हो । रुसी समाचार सेवा तासका अनुसार देशको मिडिया नियमाक रोस्कोमनाडजोरले ट्वीटर र युट्युबमा प्रतिबन्ध लगाएको हो । यसअघि समाचार सेवा इन्टरफेक्सले ट्वीटरलाई रुसमा ब्लक गरिएको जनाएको थियो ।

रुसमा युट्युब, ट्वीटर र फेसबुक सबैभन्दा चर्चित सामाजिक सन्जाल हुन् । यहाँका लाखौं मानिसहरु यी सामाजिक सन्जालमा जोडिएर सूचना आदान प्रदान गर्दछन् ।

मिडिया नियामकको वेबसाइटमा पोष्ट गरिएको एक सूचना अनुसार २४ फेब्रुअरीमा सरकारले गरेको निर्णय अनुसार रुसले ट्वीटरमा सीमित पहुँच गरिदिएको छ । रुसले युक्रेनमा २४ फेब्रुअरीदेखि नै आक्रमण सुरु गरेको थियो ।

यसैगरी फेसबुकको मूल कम्पनी मेटाले पनि रुसमा फेसबुक प्रतिबन्धित भएको जनाएको थियो । यद्यपि उसका इन्स्टाग्राम र ह्वाट्स एपले भने रुसमा अझै काम गरिरहेको छ ।